येशुलाई भेट्ने नाममा भोकभोकै बस्दा चारको मृत्यु

काठमाडौं । केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको मृत्यु हुनुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ ।
उक्त क्षेत्रको एक निजी फार्ममा दर्जनौं मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा जनाएको छ ।
रिपोर्टअनुसार यो ‘येशूलाई प्रत्यक्ष भेट्ने’ तरिकाको एक भाग हो भनेर बताइएपछि पीडितहरू भोक सहेरै त्यहाँ बसिरहेका थिए’ । उनीहरूलाई यस किसिमको प्रचार गरी येशूलाई भेट्न विश्वास दिलाउने व्यक्ति गुड न्यूज इन्टरनेसनल चर्चका पास्टर थिए । उनलाई यसअघि पनि यस्तै अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार घटनास्थलको निरीक्षण गरेका सुरक्षा अधिकारीहरू केही घरधुरीमा पुग्न सफल भएका थिए र १५ जनालाई उद्धार गर्न सफल भएका थिए, जसमध्ये छ जनाको अवस्था गम्भीर थियो ।
उद्धारपछि उनीहरूको उपचार सहयोग गर्न चिकित्सकलाई बोलाइएको थियो, तर यस क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चर्चको भित्री सदस्य रहेका ती सूचनादाताले जङ्गलमा अज्ञात स्थानमा ३१ जनाको शव भेटिएको सामूहिक चिहानबारे प्रहरीलाई जानकारी गराएका थिए ।
अधिकारीहरूले तटीय क्षेत्रमा बढ्दो धार्मिक वेथितिको निन्दा गर्दै यस मुद्दालाई सम्बोधन गर्न गम्भीर ध्यान र प्रयासको लागि आह्वान गरेका छन् ।
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया