वृद्ध-वृद्धाहरुलाई लक्षित गर्दै वुवा केयर सञ्चालनमा
काठमाडौं । नयाँ वर्ष २०८० को शूरुवात सँगै नेपालमा वुवा केयर प्रा. लि. को सुरुवात भएको छ । ५५ वर्ष देखि माथि उमेर समुहका मानिसहरुलाई लक्षित गर्दै वैशाख १ गते देखि वुवा केयर सञ्चालनमा ल्याइएकाे हाे ।
स्वास्थ्य, मनोरञ्जन तथा नेपाल, भारतका प्रमुख तिर्थस्थल दर्शन गराउने र उक्त उमेर समुहका मानिसहरुलाई शारिरिक, मानसिक, सामाजिक तथा भावनात्मक रुपमा स्वस्थ्य बनाउने उद्देश्यले यस संस्थाको सुरुवात गरिएको संस्थाका अध्यक्ष डा. अनाम प्याकुरेलले जानकारी गराएका छन्।
समाजमा आफ्नो क्षेत्रमा स्थापित व्यत्तित्वहरुको संलग्नतामा हालको व्यस्त जिवन शैलिका कारणले वुवा आमाहरुको शारिरिक, मानसिक तथा सामाजिक जिवनलाई गुणस्तरीय तथा पारिवारिक माहौलको सिर्जना गरि गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्नका लागि संस्था सञ्चालन गरिएकाे हाे ।
हाललाई वुवा केयर प्रा.लि ले बुवा आमाहरुलाई लक्षित गरी स्वास्थ्य, मनोरञ्जन तथा गुणस्तरिय सामाजिक जिवन
यापन गर्नका लागि निम्नलिखित क्षेत्रमा कार्य गर्नेछ ।
स्वास्थ्य सेवाः
१. घरमै बसि बसि सम्पुर्ण स्वास्थ्य समस्याहरुको पहिचान तथा निदानको लागि गुणस्तरिय तथा सर्वसुलभ रुपमा
शारिरिक जाँचको व्यवस्था गराउने छ ।
२. आकस्मिक अवस्था तथा विशेषज्ञ डाक्टरको परामर्श अनलाइन तथा आवश्यक परेमा घरमै गएर समेत स्वास्थ्य सेवा
पु¥याउने उद्देश्य राखेको छ ।
३. डाक्टरका परामर्श पश्चात आवश्यक पर्ने सम्पुर्ण औषधिहरुको घरमै डेलिभरीको व्यवस्था गरिएको छ ।
मनोरञ्जनः
१. वुवाकेयर.कमका सदस्यहरुको जन्मदिन, वैवाहिक वार्षिकोत्सव, तथा अन्य विशेष अवसरहरुको आयोजना गरी सामुहिक
रुपमा सदस्यहरुमाझ मनाइ दिनेछ ।
२. विभिन्न पर्यटकिय क्षेत्रहरुको अवलोकन भ्रमणको व्यवस्था समेत प्रबन्ध गरी सदस्यहरुलाई घुमाइनेछ ।
तिर्थस्थल भ्रमणः
१. वुवाकेयर.कमका सदस्यहरुलाई समय समयमा नेपाल तथा भारतका तिर्थस्थलहरुको दर्शन भ्रमणको व्यवस्था समेत
प्रबन्ध गरी सदस्यहरुलाई घुमाइनेछ ।









चितवन कारागारबाट भागेका बन्दी झापामा पक्राउ
१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
एनपीएलमा आज दुई खेल हुँदै
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
प्रतिक्रिया