शनिबार, वैशाख २६, २०८३

जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि हमलाको प्रयास

मेरोन्यूज २०८० वैशाख २ गते १०:०९

काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि हमलाको प्रयास भएको छ ।

Advertisement
NiccNicc

जापानको वाकायामा शहरमा प्रधानमन्त्री किशिदाले भाषणको क्रममा उनीमाथि पाइप बम प्रहार भएको बताइएको छ । तर, बम विस्फोट हुँदासम्म प्रधानमन्त्री किशिदालाई सकुशल बाहिर निकालिएको थियो । किशिदा भाषण गर्ने ठाउँबाट बाहिर निस्किएपछि मात्रै ठूलो आवाज सुनिएको बताइएको छ ।

घटनाको एउटा भिडियो पनि भाइरल भइरहेको छ, जसमा प्रधानमन्त्री किशिदाको भाषण सुन्न आएका मानिसहरू घटनापछि यता उता दौडिरहेको देख्न सकिन्छ । यस क्रममा प्रहरीले एक व्यक्तिलाई भुइँमा लडाएर पक्राउ गरेको पनि देख्न सकिन्छ ।

घटनामा प्रधानमन्त्रीलाई कुनै चोटपटक नलागेको बताइएको छ । उनी आफ्नो लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा आयोजित कार्यक्रममा बोल्न आएका थिए ।

प्रतिक्रिया