सशस्त्रको गोताखोरले बालिकालाई निकाल्यो २०० मिटर गहिराइबाट
मेरोन्यूज
२०८० वैशाख ३ गते ७:०२

काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसेर अड्कीएकी एक जना बालीकालाई सशस्त्र प्रहरीको गोताखोरले अन्दाजी २०० मिटर गहिराइबाट निकालेको छ ।
शनिबार सशस्त्रको गोताखोरले पोखरा महानगरपालिका ८ नागढुंगा बस्ने १२ बर्षकी स्मृति पराजुलीलाई निकालेको सशस्त्रका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
पराजुली खेल्दै गर्दा प्वालमा खसेकी थिइन् । घटनाबारे जानकारी पाए लगलै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएकोे गोताखोरसहितको टोलीले उनलाई निकालेको हो ।
उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषित गरेका थिए ।
सम्बन्धित
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया