आईपीएलमा लखनउलाई हराउँदै पञ्जाबको तेस्रो जीत

काठमाडौं । इण्डियन प्रिमियर लिग (आर्ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराउँदै तेस्रो जीत निकालेको छ ।
जारी सिजनमा पञ्जाबले दुई खेलमा भने पराजय व्यहोरेको छ । पाँचौं खेलमा लखनउmले दिएको १ सय ६० रनको लक्ष्य पञ्जाबले १९.३ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो ।
पञ्जावका लागि सिकन्दर राजाले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५७ रन बनाए । त्यस्तै, म्याथ्यू सर्टले ३४, जितेश शर्माले २३ र हरप्रित सिंहले २२ रन बनाए ।
लखनउmका लागि रवि विश्नोई, मार्क वुड र युधवीर सिंहले दुई,दुई तथा कृणाल पाण्ड्या र कृष्णप्पा गौतमले एक, एक विकेट लिए ।
त्यसअघि लखनउmस्थित अटल बिहारी वाजपेयी एकना स्टेडियममा टस हारेर ब्याटिङ गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनायो । उसका लागि कप्तान केएल राहुलले अर्धशतकीय पारी खेले । ५६ बलमा उनले ८ चौका र १ छक्कासहित ७४ रन बनाए । त्यस्तै, कायल मेयर्सले २९, कृणाल पाण्ड्याले १८ र मार्कस स्टोइनिसले १५ रन जोडे ।
पञ्जाबका लागि कप्तान साम करनले चार ओभरमा ३१ रन दिएर तीन विकेट लिए । लखनउविरुद्ध चोटका कारण नियमित कप्तान शिखर धवनले विश्राम लिएका थिए । त्यस्तै, कागिसो रबाडाले दुई, हरप्रित ब्रार, अर्शदीप सिंह र सिकन्दर राजाले एक, एक विकेट लिए । जितसँगै पञ्जाब ६ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । हारका बाबजुद लखनउ ६ अंकसहित दोस्रो स्थानमा कायमै छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया