सोमबार, मंसिर १५, २०८२

आईपीएलमा चेन्नाईसँग बैंग्लोर ८ रनले पराजित

मेरोन्यूज २०८० वैशाख ५ गते ६:४७

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ रनले पराजित गरेको छ ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २२६ रन बनाएको थियो । जवाफमा बैंगलोरले ८ विकेट गुमाएर २१८ रन मात्रै बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको चेन्नईका लागि ओपनर डेभन कोनवेले ४५ बलमा ८३, शिवम दुबेले २७ बलमा ५२, अजिंक्य रहाणेले २० बलमा ३७ रन बननाए ।

बैंगलोरका लागि वायन पारनेल, विजयकुमार वैशाख, मोहम्मद सिराज, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए ।

२२७ रनको लक्ष्य पछ्याएको बैंगलोरले सुरुवाती ओभरमै २ विकेट गुमाएको थियो । त्यसपछि ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसले पारीलाई उकासे । ६१ बलमा १२१ रनको साझेदारी गरे ।

२२७ रनको लक्ष्य पछ्याएको बैंगलोरले सुरुवाती ओभरमै २ विकेट गुमाएको थियो । ग्लेन म्याक्सवेल ७६ र फाफ डु प्लेसिसले ६२ रन बनाए । आरसीबीका बाँकी ब्याट्सम्यानले ३६ बलमा ६७ रन बनाउन सकेनन् ।

चेन्नईका तुषार देशपाण्डेले ३ र मथिश पाथिरानाले २ विकेट लिए । आकाश सिंह, महिश तिक्षाना र मोइन अलीले १–१ विकेट लिए । चेन्नाईको जारी आइपीएलमा यो तेस्रो जित हो भने बैंग्लोरको तेस्रो हार हो ।

प्रतिक्रिया