एसिसी प्रिमिएर कप : नेपालले गुमायो दोस्रो विकेट

काठमाडौँ । २३६ रनको लक्ष्य पाएको नेपालले दोस्रो विकेट गुमाएको छ । पहिलो ओभरमै पहिलो विकेट गुमाएको नेपालले ९ ओभर एक बलमा दोस्रो विकेट गुमाएको हो ।
ओपनर कुशल भुर्तेल ३१ बलमा ३८ रन बनाएर आउट भए ।
पहिलो ओभरको अन्तिम बलमा आसिफ शेख आउट भएका छन् । नेपालले पहिलो ओभरमा ५ रन बनाएर खेलिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाएर २३५ रन बनायो ।
मलेसियाका लागि अहमद फैजले ९५ बलमा सर्वाधिक ७६ रनको योगदान गरे। फैजले ८ चौका र १ छक्का प्रहार गरे।
यस्तै विरन्दीप सिंहले ९४ बलमा ४६ रन बनाए । उनले दुई चौका प्रहार गरे। खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन(तीन विकेट लिए। ९ ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए। यस्तै १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडन राख्दै ४८ रन खर्चिए।
नेपालका लागि ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया