एसिसी प्रिमिएर कप : नेपालले गुमायो दोस्रो विकेट

काठमाडौँ । २३६ रनको लक्ष्य पाएको नेपालले दोस्रो विकेट गुमाएको छ । पहिलो ओभरमै पहिलो विकेट गुमाएको नेपालले ९ ओभर एक बलमा दोस्रो विकेट गुमाएको हो ।
ओपनर कुशल भुर्तेल ३१ बलमा ३८ रन बनाएर आउट भए ।
पहिलो ओभरको अन्तिम बलमा आसिफ शेख आउट भएका छन् । नेपालले पहिलो ओभरमा ५ रन बनाएर खेलिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाएर २३५ रन बनायो ।
मलेसियाका लागि अहमद फैजले ९५ बलमा सर्वाधिक ७६ रनको योगदान गरे। फैजले ८ चौका र १ छक्का प्रहार गरे।
यस्तै विरन्दीप सिंहले ९४ बलमा ४६ रन बनाए । उनले दुई चौका प्रहार गरे। खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन(तीन विकेट लिए। ९ ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए। यस्तै १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडन राख्दै ४८ रन खर्चिए।
नेपालका लागि ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए।







नेपाली कम्युनिष्ट पार्टीको सभा आज विराटनगरमा
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
आज गीता जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्त्व !
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
इन्डोनेसियामा बाढीमा परी मृत्यु हुनेको संख्या ८४ पुग्यो
प्रतिक्रिया