एसीसी प्रिमियर कपमा नेपालको पहिलो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपाल मलेसियामाथि ६ विकेटले विजयी भएको हो ।
नेपालले २३६ रनको लक्ष्य ३६.२ ओभर खेल्दै चार विकेट गुमाएर पूरा गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले नौ विकेट गुमाएर २३५ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले ४० बल खेल्दै नटआउट ७० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले तीन बल खेल्दै पाँच रन बनाए । यस्तै, भीम सार्कीले ९८ बल खेल्दै ७१ रन बनाए । कप्तान रोहित पौडेलले ४२ रन बनाएर आउट हुँदा आशिफ शेखले एक रन बनाए ।
मलेसियाका लागि अहमद फैजले ९५ बलमा सर्वाधिक ७६ रनको योगदान गरे । फैजले ८ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, विरन्दीप सिंहले ९४ बलमा ४६ रन बनाए । उनले दुई चौका प्रहार गरे । खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए । नौ ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए भने १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडन राख्दै ४८ रन खर्चिए ।
यस्तै, नेपालका लागि ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए ।









काँकरभिट्टा नाकाबाट आठ अर्बको निर्यात हुँदा १६ अर्बको आयात
जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र
एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर नेपालले यूएईविरुद्ध बलिङ गर्दै
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
एड्ससँगै यौन रोग बढ्दाे क्रममा, चितवन जिल्लामा मात्र हजार दुई सय ४३ जना एड्स सङ्क्रमित
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया