एसीसी प्रिमियर कपमा नेपालको पहिलो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपाल मलेसियामाथि ६ विकेटले विजयी भएको हो ।
नेपालले २३६ रनको लक्ष्य ३६.२ ओभर खेल्दै चार विकेट गुमाएर पूरा गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले नौ विकेट गुमाएर २३५ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले ४० बल खेल्दै नटआउट ७० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले तीन बल खेल्दै पाँच रन बनाए । यस्तै, भीम सार्कीले ९८ बल खेल्दै ७१ रन बनाए । कप्तान रोहित पौडेलले ४२ रन बनाएर आउट हुँदा आशिफ शेखले एक रन बनाए ।
मलेसियाका लागि अहमद फैजले ९५ बलमा सर्वाधिक ७६ रनको योगदान गरे । फैजले ८ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, विरन्दीप सिंहले ९४ बलमा ४६ रन बनाए । उनले दुई चौका प्रहार गरे । खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए । नौ ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए भने १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडन राख्दै ४८ रन खर्चिए ।
यस्तै, नेपालका लागि ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया