आईपीएलमा मुम्बइसँग हैदरावाद १४ रनले पराजित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गयराति भएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई १४ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो ।
जवाफमा सनराइजर्स हैदरावाद एक बल बाँकी रहँदै १७८ रनमा अलआउट भयो । यससँगै मुम्बई इन्डियन्सले जितको ह्याट्रिक पूरा गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले राम्रो सुरुवात गरेको थियो । कप्तान रोहित शर्मा र इशान किशनको जोडीले पहिलो विकेटका लागि ४.४ ओभरमा ४१ रन जोडे । यो जोडी टी नटराजनले तोडेका थिए र रोहित १८ बलमा २८ रन बनाएर आउट भए ।
मुम्बइका लागि इशानले ३१ बलमा ३८, सूर्यकुमार यादव ७, तिलक वर्माले ३७ र क्यामरुन ग्रीनले ४० बलमा अविजित ६४ रन बनाए । सनराइजर्स हैदरावादका मार्को जान्सनले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा आएको हैदरावादका लागि ह्यारी ब्रुक ९, राहुल त्रिपाठी ७, मयंक अग्रवाल ४८, कप्तान एडेन मार्कराम २२ र हेनरिक क्लासेनले ३६ रन बनाए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया