राष्ट्रिय सभा अध्यक्षले अस्पताल पुगेर लिए राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । राष्ट्रिय सभाका सम्मानीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्रिभुवन विश्वविधालय शिक्षण अस्पतालमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
बुधबार विहान भेट अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको र आत्तिनु पर्ने अवस्था नरहेको राष्ट्रपतिको उपचारमा संलगन डक्टरहरूले अध्यक्ष तिमिल्सिनालाई जानकारी गराएका थिए । प्रेस संयोजक शर्माका अनुसार राष्ट्रपति पौडेललाई थप परीक्षण र उपचारका लागि भारत लैजानु पर्ने चिकित्सकले अध्यक्ष तिमिल्सिनालाई जानकारी गराएका छन् ।
राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएपछि मंगलबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
प्रतिक्रिया