डढेलो निभाउँदा जलेका बालक मुखियाको मृत्यु
मेरोन्यूज
२०८० वैशाख ८ गते ९:१४

काठमाडौं । गुल्मीमा डढेलो निभाउँदा जलेर गम्भीर घाइते भएका १३ वर्षीय बालक दीपक मुखियाको मृत्यु भएको छ।
गएराति जिल्लाको धुरकोट गाउँपालिका–३ हारहारे वर्दवासको जंगलमा लागेको डढेलो निभाउन गएका स्थानीय १३ वर्षीय बालक मुखिया जलेर गम्भीर घाइते भएका थिए।
घाइते भएका मुखियाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।
डढेलो निभाउँदा गम्भीर घाइते भएका ५५ वर्षीय धनबहादुर जोगीलाई आज थप उपचारका लागि बुटवल लगिएको डिएसपी पाण्डेले बताए।
सम्बन्धित














स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया