एसीसी प्रिमियर कप : नेपालले गुमायो तेस्रो विकेट
खाता नखोल्दै नेपालले गुमाएको थियो दुई विकेट

काठमाडौँ । एसीसी प्रिमियर कपमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तेस्रो विकेट गुमाएको छ । १७ ओभर एक बलमा कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भएका छन् । नेपाल १९ ओभरमा ६२ रन बनाएर खेलिरहेको छ ।
नेपालले एक रन पनि नबनाउँदै दुई विकेट गुमाएको थियो । नेपालले एक रन पनि नबनाउँदै ओपनर कुशल भुर्तेत र आसिफ शेखलाई गुमाएको हो ।
भुर्तेल दुई ओभर दुई बल र शेख ती ओभर चार बलमा आउट भएका छन् । नेपालले ती ओभर सकिदासम्म एक रन पनि बनाएको छैन ।
ओमानका कप्तान जिसन मक्सुदले टस जितेर पहिला फिल्डिङ रोजेसँगै नेपालले पहिला ब्याटिङ गरिरहेको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट जारी छ ।
च्याम्पियनसिपको उपाधि दाबेदार नेपाल, ओमानलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ।
नेपाल आजको खेलमा विजयी भए समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्ने सम्भावना बलियो रहन्छ। नेपालसँगै ओमानलाई पनि उपाधि दाबेदार टोलीका रुपमा हेरिएको छ।
पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो।
नेपाल र ओमानबीचको यो खेलले एक दिवसीय मान्यतासमेत पाएको छ। नेपाल र ओमान दुवै ओडीआई मान्यता प्राप्त देश रहेकाले आईसीसीले यो खेललाई एक दिवसीय मान्यता दिएको हो।
यो खेल नेपालको ५०औँ ओडीआई खेल हो।
















सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह
रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया