सोमबार, मंसिर १५, २०८२

एसीसी प्रिमियर कपः १७२ रनमा नेपालको ६ विकेट गुम्यो

मेरोन्यूज २०८० वैशाख ८ गते ११:५०

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कपमा ओमानविरूद्ध भइरहेको खेलमा नेपालले ६ विकेट गुमाएको छ । नेपाल अहिले ३६ ओभरको समाप्तीमा १७४ रन बनाएर खेलिरहेको छ । नेपालले १७२ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो ।

नेपालका कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । उनी अहिले ५२ बलमा ७७ रन बनाएर खेलिरहेका छन् ।

३० बलमा मल्लले ४ चौका र ५ छक्काको मद्दतमा अर्धशतक बनाएका थिए ।

यसअघि मलेसियासँगको खेलमा पनि मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारी खेलेका थिए।

मल्लको अर्धसतकसँगै नेपाल लयमा पनि फर्किएको छ।
३० ओभर सकिँदा नेपालले ४ विकेटको क्षतिमा १४२ रन जोडेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आफ्ना दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो।

भूर्तेलले ८ बल र शेखले १० बल खेलेपनि दुबैले कुनै रन जोड्न सकेनन्।

यस्तै कप्तान रोहित कुमार पौडेल पनि २३ रन बनाएर पेबेलियन फर्किए भने भीम सार्की पनि ३३ रन जोडेर आउट भए।

प्रतिक्रिया