ओमानविरुद्ध नेपालको सानदार जित, कुशलको कीर्तिमानी इनिङ

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा नेपाल विजयी भएको छ ।
ओमनविरुद्ध कुशल मल्लको कीर्तिमानी विष्फोटक शतकमा नेपाल ८४ रनले विजयी भएको हो ।
टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन नसक्दा नेपाल विजयी भएको हो ।
नेपालले दिएको ३११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रन बनाउँदै अल आउट भएको हो ।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । यस्तै, दिपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशी एक विकेट लिए ।
नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले । कुशलले ६४ बलमा ९ चौका र १० छक्काको मद्दतमा १०८ रन बनाए । त्यस्तै सोमपाल कामीले अर्धशत बनाउँदै ४८ बलमा ६३ रन बनाए ।
ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शुन्यमा आउट भए । भुर्तेल तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।
भिम शार्की ३३ र कप्तान रोहित पौडेलले २३ रन बनाए । दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।
ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।
यो पनि पढ्नुहोस्
कुशलले बनाए अनेकौँ राष्ट्रिय कीर्तिमान, सन्दीपको नाममा विश्व कीर्तिमान
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया