ओमानविरुद्ध नेपालको सानदार जित, कुशलको कीर्तिमानी इनिङ

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा नेपाल विजयी भएको छ ।
ओमनविरुद्ध कुशल मल्लको कीर्तिमानी विष्फोटक शतकमा नेपाल ८४ रनले विजयी भएको हो ।
टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन नसक्दा नेपाल विजयी भएको हो ।
नेपालले दिएको ३११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रन बनाउँदै अल आउट भएको हो ।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । यस्तै, दिपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशी एक विकेट लिए ।
नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले । कुशलले ६४ बलमा ९ चौका र १० छक्काको मद्दतमा १०८ रन बनाए । त्यस्तै सोमपाल कामीले अर्धशत बनाउँदै ४८ बलमा ६३ रन बनाए ।
ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शुन्यमा आउट भए । भुर्तेल तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।
भिम शार्की ३३ र कप्तान रोहित पौडेलले २३ रन बनाए । दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।
ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।
यो पनि पढ्नुहोस्
कुशलले बनाए अनेकौँ राष्ट्रिय कीर्तिमान, सन्दीपको नाममा विश्व कीर्तिमान









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सुदूरपश्चिमविरूद्ध पहिला ब्याटिङ गर्दै जनकपुर
प्रतिक्रिया