कुशलले बनाए अनेकौँ राष्ट्रिय कीर्तिमान, सन्दीपको नाममा विश्व कीर्तिमान

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्धको खेलमा नेपालको अनेकौँ कीर्तिमान बनेको छ । नेपालका बायाँ हाते ब्याटर कुशल मल्लको शतकीय इनिङमा नेपालले बनाएको योगफल आफैमा कीर्तिमान हो ।
खेलमा नेपालले ओमनलाई ३११ रनकाे लक्ष्य दिएको थियो । यसअघि नेपालले सबैभन्दा धेरै रन २९७ मात्रै बनाउन सकेको थियो ।
एसीसी प्रिमियर कपमा ओमानविरुद्ध कुशलले धुवाँधार इनिङ खेले । उनले व्यक्तिगत करिअरसँगै सर्वोत्कृष्ट इनिङ खेले ।
नेपालले २०.३ ओभरमा ७२ रन मात्रै बनाएर ४ विकेट गुमाइसकेको अवस्थामा पाचौँ विकेटका लागि क्रिजमा पुगेका कुशलले सर्वोष्कृट खेले ।
नेपालका लागि कुशलले एक सय ८ रन बनाए । यो उनको पहिलो वान डे शतक हो । उनले ५९ बलमा शतक पूरा गरे । यो नेपालका लागि सबैभन्दा कम बलमा बनाइएको कीर्तिमानी शतक हो ।
यसअघि यो कीर्तिमान कप्तान रोहित पौडेलको नाममा थियो । उनले ९१ बल खेल्दै सतक बनाएका थिए । कुशलले रोहितभन्दा ३२ बल कम खेलेर शतक बनाए ।
कुशलले समग्रमा ६४ बल खेले र त्यसमा नौ चौका तथा १० छक्का हाने । उनले खेलमा कूल ६४ बल सामना गर्दै १० छक्का प्रहार गरेका छन् ।
समग्रमा एक दिवसीयमा सर्वाधिक छक्का हान्ने कीर्तिमान पनि कुशलकै नाममा पुगेको छ । यसअघि कप्तान पौडेलको नाममा २३ छक्का हानेको कीर्तिमान थियो । तर, आजको म्याचबाट कुशलले ओडीआईमा छक्काको संख्या २८ बनाएको छ ।
यस्तै, कुशलले नेपालका लागि छैटौँ क्रममा आएर शतक बनाउने अर्को कीर्तिमान बनाए । यसअघि दिपेन्द्र सिंह ऐरीले चौँथो र कप्तान पौडेलले पाचौं नम्बरमा आएर शतक बनाएका थिए ।
आजको खेलबाट कुशल नेपालका लागि शतक हान्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । उनी अहिले १९ वर्षका भएका छन् ।
उता, बलिङतर्फ सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाए । उनले सबैभन्दा छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान बनाएका हुन् ।
लामिछानेले ओमानका अलि साफिकको विकेट लिएर नयाँ विश्व कीर्तिमान बनाएका हुन् । उनले ४२ खेल खेल्दै सय विकेट लिएका हुन् ।
यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर रसिद खानको नाममा थियो । रसिदले ४४ खेलमा सय विकेट पूरा गरेका थिए । योभन्दा अगाडि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेल खेल्दै सय विकेट पूरा गरेका थिए ।
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया