आइपिएलः चेन्नईले हरायो सनराइजर्सलाई

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा सनराइजर्सले दिएको १३५ रनको लक्ष्य पछाएको चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
चेन्नईको जितमा डेभोन कोनवेले सर्बाधिक ७७ रन बनाए भने रुतुराज गायकवाडले ३५ रन बनाएका थिए । त्यस्तै आजिख्य रहाने र अम्बाती रायाडूले ९-९ तथा मोइन अलीले ६ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ७ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।
सनराइजर्सका लागि अभिषेक शर्माले सर्बाधिक ३४ रन बनाए भने राहुल त्रिपाठीले २१, ह्यारी ब्रुकले १८, कप्तान एडेन मार्क्रमले १२ हेइनरिच क्लासेन र मार्को जानसेनले १७-१७ रन बनाएका थिए ।
त्यसैगरी चेन्नईका बलर रविन्द्र जडेजाले ३ विकेट लिए भने आकाश सिंह, महीश थीकशना र मथीशा पाथिरानाले एक एक विकेट लिएका थिए ।
यो जितसँगै चेन्नईले ६ खेलमा ८ अंक हासिल गर्दै तेस्रो स्थानमा उक्लिएको छ भने सनराइजर्सको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ ।
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया