आइपिएलः चेन्नईले हरायो सनराइजर्सलाई

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा सनराइजर्सले दिएको १३५ रनको लक्ष्य पछाएको चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
चेन्नईको जितमा डेभोन कोनवेले सर्बाधिक ७७ रन बनाए भने रुतुराज गायकवाडले ३५ रन बनाएका थिए । त्यस्तै आजिख्य रहाने र अम्बाती रायाडूले ९-९ तथा मोइन अलीले ६ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ७ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।
सनराइजर्सका लागि अभिषेक शर्माले सर्बाधिक ३४ रन बनाए भने राहुल त्रिपाठीले २१, ह्यारी ब्रुकले १८, कप्तान एडेन मार्क्रमले १२ हेइनरिच क्लासेन र मार्को जानसेनले १७-१७ रन बनाएका थिए ।
त्यसैगरी चेन्नईका बलर रविन्द्र जडेजाले ३ विकेट लिए भने आकाश सिंह, महीश थीकशना र मथीशा पाथिरानाले एक एक विकेट लिएका थिए ।
यो जितसँगै चेन्नईले ६ खेलमा ८ अंक हासिल गर्दै तेस्रो स्थानमा उक्लिएको छ भने सनराइजर्सको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ ।








साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
Serious review of slow economic growth imperative: Finance Minister Khanal
Banke records 39 HIV cases in four months
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
प्रतिक्रिया