धवलागिरि हिमालमा एक बेपत्ता, दुईको उद्धार

बेनी । म्याग्दीस्थित धवलागिरि हिमालमा एक जना भरिया बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ ।
आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं ४ मा अवस्थित छ । धवलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ उनीहरू हिउँ पहिरोमा पुरिएका थिए ।
बेपत्ताको खोजीका लागि शनिबार हेलिकोप्टरमार्फत धवलागिरि आधार शिविर पुगेर फर्केका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका–१ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई बेपत्ता भएका हुन् ।
अमृतसँगै बेपत्ता भएका सोही ठाउँका धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा पु¥याइएको शेरचनले जानकारी दिए । उनीहरू सेभेन समिट ट्रेक काठमाडौँबाट भरियाका रूपमा आधार शिविरमा आएका थिए । जापानिज आधार शिविर नजिकै हिउँपहिरामा परेका थिए ।
(((











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया