आईपीएलमा मुम्बईलाई हराउँदै पञ्जाव उक्लियो पाँचौ स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गर्दै पाँचौ स्थानमा उक्लिएको छ ।
शनिबार घरेलु मैदान वाङखडे स्टेडियममा पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याउन मुम्बईले सकेन् । मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्र बनायो ।
चौथो जितपछि ७ खेलबाट ८ अंक जोडेको पञ्जाब पाँचौ स्थानमा उक्लेको हो। शीर्ष चारमा रहेका राजस्थान, लखनउ, चेन्नाई र गुजरातको पनि समान ८ अंक नै छ ।
तेस्रो हार बेहोरेको मुम्बई ६ खेलबाट ६ अंकसहित सातौं स्थानमै छ ।
मुम्बईका लागि क्यामरुन ग्रीन र सूर्यकुमार यादवले अर्धशतक बनाए । ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्का मद्दतमा ६७ र सूर्यकुमारले २६ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५७ रन बनाए ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ४४, टिम डेभिडले २५ रन बनाए । पन्जाबका लागि अर्शदीप सिंहले ४ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले कप्तान साम करन र विकेटकिपर वितेश शर्माको विष्फोटक ब्याटिङ मद्दतमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो ।
करनले २९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५५ रन बनाए । हरप्रित सिंहले ४१, अथर्व ताइडेले २९ र प्रभसिमरन सिंहले २६ तथा जितेश शर्माले २५ रन बनाए ।
मुम्बईका लागि पियुष चावला र क्यामरुन ग्रीनले समान दुई–दुई तथा जेसन बेहरनडोफ, जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करले समान एक–एक विकेट लिए ।
















यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया