सोमबार, मंसिर १५, २०८२

आईपीएलमा मुम्बईलाई हराउँदै पञ्जाव उक्लियो पाँचौ स्थानमा

मेरोन्यूज २०८० वैशाख १० गते ६:४६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गर्दै पाँचौ स्थानमा उक्लिएको छ ।

शनिबार घरेलु मैदान वाङखडे स्टेडियममा पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याउन मुम्बईले सकेन् । मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्र बनायो ।

चौथो जितपछि ७ खेलबाट ८ अंक जोडेको पञ्जाब पाँचौ स्थानमा उक्लेको हो। शीर्ष चारमा रहेका राजस्थान, लखनउ, चेन्नाई र गुजरातको पनि समान ८ अंक नै छ ।

तेस्रो हार बेहोरेको मुम्बई ६ खेलबाट ६ अंकसहित सातौं स्थानमै छ ।

मुम्बईका लागि क्यामरुन ग्रीन र सूर्यकुमार यादवले अर्धशतक बनाए । ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्का मद्दतमा ६७ र सूर्यकुमारले २६ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५७ रन बनाए ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४४, टिम डेभिडले २५ रन बनाए । पन्जाबका लागि अर्शदीप सिंहले ४ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले कप्तान साम करन र विकेटकिपर वितेश शर्माको विष्फोटक ब्याटिङ मद्दतमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

करनले २९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५५ रन बनाए । हरप्रित सिंहले ४१, अथर्व ताइडेले २९ र प्रभसिमरन सिंहले २६ तथा जितेश शर्माले २५ रन बनाए ।

मुम्बईका लागि पियुष चावला र क्यामरुन ग्रीनले समान दुई–दुई तथा जेसन बेहरनडोफ, जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया