एसीसी प्रिमियर कप : युयईले दियो सिंगापुरलाई ४७२ रनको लक्ष्य

काठमाडौँ । दुई ब्याट्सम्यानले शतक प्रहार गरेपछि युएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को खेलमा युएईले सिंगापुरविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै ४७२ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले एकदिवसीय फर्म्याटको खेलमा जोडेको यो अहिलेसम्मकै ठूलो स्कोर हो।
खेलमा युएईका ओपनर तथा कप्तान मोहमद वासीम र विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले शतक प्रहार गरे।
वासीमले ८२ बलमा ९ चौका र १६ छक्काको मद्दतमा १६० रन बनाए।
वृत्यले ९६ बलमा १७ चौका र ७ छक्काको मद्दतमा १७४ रन जोडे।
आयन खानले ५० बलमा ९ चौका र ३ छक्काको मद्दतमा ७४ रन बनाए ।
बलिङमा सिंगापुरका अद्वृत्य भार्गवाले ४ विकेट लिए।
समूहमा युएईले अघिल्ला दुई मध्ये एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ। सिंगापुर भने अघिल्ला दुवै खेलमा पराजित भएको थियो।









अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया