सोमबार, चैत २३, २०८२

दुवै मिर्गौला फेल भएपछि छोरालाई बचाउन आमाको याचना

मेरोन्यूज २०८० वैशाख १० गते १५:४२

काठमाडौँ । दुवै मिर्गौला फेल भएका मुगु खत्याड गाउँपालिका ४ पैखु २४ वर्षीय हरिलाल थापाले सहयोगको याचना गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका थापाको आर्थिक अवस्थाका कारण मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । पारिवारिक स्थिति कमजोर भएकाले उनको थप उपचारका लागि मृर्गौला प्रत्यारोपण गर्नु पर्ने रकमको अभाव भएको हो ।

उनको अहिले हप्ताको दुई दिन डायलाइसिस भइरहेको छ । आफ्नो छोराको जीवन बचाउन आमा बैसागी थापाले एउटा मिर्गौला दिने तयार भएकी छन् ।

मिर्गौला प्रत्यारोपणका लागि रकम अभाव हुँदा कठिनाइ आएको बैसागीले बताइन् । ‘परिवार आफूलगायत इष्टमित्र र केही सहयोग गरेको रकम उपचारको क्रममा सकियो,’ आमा वैशागीले भनिन, ‘मैले एउटा मिर्गौला छोरालाई दिने भनेको थिएँ, तर, पैसा नभएपछि उपचार गर्न सकेको छैन ।’

थापाको आर्थिक आयस्रोत नभएको, घरको आर्थिक अवस्था नाजुक र निरन्तर उपचार गराइरहेकाले मिर्गौला प्रत्यारोपण गर्न कठिन भएको हो ।

आफ्नो छोरालाई बचाउन आग्रह गर्दै आमा वैशागीले सहयोग मागेकी छन् । जसका लागि हरिलाल थापालाई ९८६३१४५०१८ मा फोन गर्न सकिने छ भने राष्ट्रिय वाणिज्य बैंक खाता नम्बर ११७०१००६०३३२१०१० रकम जम्मा गरी साथ दिन सकिने छ ।

प्रतिक्रिया