आइपीएल : कोलकातालाई हराउँदै चेन्नाई शीर्ष स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्स कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
जारी सिजन पाँचौ जित निकाल्दै चेन्नाई ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । कोलकाता पाँचौं हार ब्यहोर्दै ७ खेलबाट ४ अंकसहित आठौं स्थानमा छ ।
गएराति कोलकाताको घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा चेन्नाईले २३५ रन बनाएको थियो । २३६ रनको लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ८ विकेट गुमाएर १८६ रनमा सीमित भयो ।
कोलकाताका लागि जेसन रोय र रिंकु सिंहले अर्धशतक बनाए । रोयले २६ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६१ रन बनाए ।
रिंकु सिंहले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाए । कप्तान नितिश राणाले २७ रन जोडे ।
चेन्नाईका लागि महिश थिक्सना र तुशार देशपाण्डेले २–२ तथा मधिसा पथिराना, रविन्द्र जडेजा, मोइन अलि र आकाश सिंहले १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । चेन्नाईका ओपनर डेभोन कनवे, अजिन्का रहाने र शिभम दुवेले अर्धशतक बनाए ।
रहानेले २९ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७१ रन बनाए । कनवेले ४० बलमा ४ चौका र ३ छक्कासहित ५६ रन बनाए । शिभम दुवेले २१ बलमा २ चौका र ५ छक्कामा ५० रन बनाए । रुतुराज गाएकवाडले ३५ रन जोडे ।
कोलकाताका लागि कुलवन्त खेजरोलीयाले २ तथा वरुण चक्रवर्ती र सुयश शर्माले समान १–१ विकेट लिए ।
















यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया