आइपीएल : कोलकातालाई हराउँदै चेन्नाई शीर्ष स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्स कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
जारी सिजन पाँचौ जित निकाल्दै चेन्नाई ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । कोलकाता पाँचौं हार ब्यहोर्दै ७ खेलबाट ४ अंकसहित आठौं स्थानमा छ ।
गएराति कोलकाताको घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा चेन्नाईले २३५ रन बनाएको थियो । २३६ रनको लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ८ विकेट गुमाएर १८६ रनमा सीमित भयो ।
कोलकाताका लागि जेसन रोय र रिंकु सिंहले अर्धशतक बनाए । रोयले २६ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६१ रन बनाए ।
रिंकु सिंहले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाए । कप्तान नितिश राणाले २७ रन जोडे ।
चेन्नाईका लागि महिश थिक्सना र तुशार देशपाण्डेले २–२ तथा मधिसा पथिराना, रविन्द्र जडेजा, मोइन अलि र आकाश सिंहले १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । चेन्नाईका ओपनर डेभोन कनवे, अजिन्का रहाने र शिभम दुवेले अर्धशतक बनाए ।
रहानेले २९ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७१ रन बनाए । कनवेले ४० बलमा ४ चौका र ३ छक्कासहित ५६ रन बनाए । शिभम दुवेले २१ बलमा २ चौका र ५ छक्कामा ५० रन बनाए । रुतुराज गाएकवाडले ३५ रन जोडे ।
कोलकाताका लागि कुलवन्त खेजरोलीयाले २ तथा वरुण चक्रवर्ती र सुयश शर्माले समान १–१ विकेट लिए ।









China has merged history into new technology
यस वर्षको सेजन अवार्ड पौडेल र तिमल्सिनालाई
शेख हसिना अर्काे भ्रष्टाचारमा दोषी ठहर, बहिनीकी छोरी पनि संलग्न
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै होः अर्थमन्त्री खनाल
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया