मोरङका प्रजिअ भट्टराई मन्त्रालयमा तानेर यादवलाई पठाइयो

काठमाडौँ । मोरङमा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई गृह मन्त्रालयमा तानिएको छ । मन्त्रालयले भट्टराईलाई मन्त्रालय तानेर संखुवासभामा प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवलाई मोरङ पठाएको हो । मन्त्रीस्तरीय निर्णयबाट सोमबार त्यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिन बोलपत्र माग गर्ने प्रक्रियामा संलग्न तत्कालिन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक भट्टराईलाई छानबिनका लागि मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनायो ।
भट्टराईमाथि सार्वजनिक खरिद ऐनविपरीत ७ दिने बोलपत्रबाट परिचयपत्रका जैविक र वैयक्तिक विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिएको आरोप छ ।
भट्टराईलाई मन्त्रालय तानेर उनको ठाउँमा संखुवासभाका प्रजिअ वीरेन्द्र यादवलाई पठाइएको छ । भट्टराई माघ १३ गते मोरङको प्रजिअ भएर गएका थिए ।
















कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया