आईपीएलमा मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा उक्लियो

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । यस सिजनमा पाँचौ जित निकाल्दै गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लेको हो ।
नरेन्द्र मोदी स्टेडियम, अहमेदावादमा मंगलबार राति टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनायो । जवाफमा मुम्बई ९ विकेट गुमाएर १५२ रनमा समेटियो ।
गुजरातका लागि ओपनर शुभमन गिलले ३४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरी ५६ रन बनाए । डेविड मिलरले ४६, अभिनव मनोहरले ४२, राहुल तेवाटियाले २० रन बनाए । विजय शंकर १९ र कप्तान हार्दिक पाण्ड्या १३ रनमा आउट भए ।
मुम्बईका पियुष चावलाले २, अर्जुन तेन्दुलकर, जासोन बेहरेनडोफ, राइले मेरेडिथ र कुमार कार्तिकेयले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको मुम्बईका लागि नेहाल वाडेरले ४०, क्यामरुन ग्रीनले ३३ र सूर्यकुमार यादवले २३, पियुष चावलाले १८ तथा इशान किसन र अर्जुन तेन्दुलकरले १३ रन बनाए ।
बलिङमा गुजरातका नुर अहमदले ३, रासिद खानले २ र मोहित शर्माले पनि २ विकेट लिए ।
सात खेलमा पाँचौ जित हात पारेको गुजरातले १० अंक जोडेको छ । शीर्ष स्थानको चेन्नाई सुपर किंग्स समान अंक जोडेपनि रनरेटमा पछि पर्दै गुजरात दोस्रो स्थानमा छ ।
यस सिजन चौथो हार बेहोरेको मुम्बई ७ खेलबाट ६ अंक जोडेर सातौं स्थानमै छ ।









शेख हसिना अर्काे भ्रष्टाचारमा दोषी ठहर, बहिनीकी छोरी पनि संलग्न
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै होः अर्थमन्त्री खनाल
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बुटवलको हायात प्लेस सञ्चालनमा
एड्सको अन्त्य गर्न सबैलाई एकजुट हुन स्वास्थ्यमन्त्री गौतमको आह्वान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया