आईपीएलमा मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा उक्लियो

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । यस सिजनमा पाँचौ जित निकाल्दै गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लेको हो ।
नरेन्द्र मोदी स्टेडियम, अहमेदावादमा मंगलबार राति टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनायो । जवाफमा मुम्बई ९ विकेट गुमाएर १५२ रनमा समेटियो ।
गुजरातका लागि ओपनर शुभमन गिलले ३४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरी ५६ रन बनाए । डेविड मिलरले ४६, अभिनव मनोहरले ४२, राहुल तेवाटियाले २० रन बनाए । विजय शंकर १९ र कप्तान हार्दिक पाण्ड्या १३ रनमा आउट भए ।
मुम्बईका पियुष चावलाले २, अर्जुन तेन्दुलकर, जासोन बेहरेनडोफ, राइले मेरेडिथ र कुमार कार्तिकेयले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको मुम्बईका लागि नेहाल वाडेरले ४०, क्यामरुन ग्रीनले ३३ र सूर्यकुमार यादवले २३, पियुष चावलाले १८ तथा इशान किसन र अर्जुन तेन्दुलकरले १३ रन बनाए ।
बलिङमा गुजरातका नुर अहमदले ३, रासिद खानले २ र मोहित शर्माले पनि २ विकेट लिए ।
सात खेलमा पाँचौ जित हात पारेको गुजरातले १० अंक जोडेको छ । शीर्ष स्थानको चेन्नाई सुपर किंग्स समान अंक जोडेपनि रनरेटमा पछि पर्दै गुजरात दोस्रो स्थानमा छ ।
यस सिजन चौथो हार बेहोरेको मुम्बई ७ खेलबाट ६ अंक जोडेर सातौं स्थानमै छ ।
















राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया