गृह मन्त्रालयले गर्यो ११ डिआईजीपीको पदस्थापन

काठमाडौँ । गृह मन्त्रालयले केही दिन अघि बढुवा भएका ११ प्रहरी नायब महानिरीक्षक (डिआईजीपी)को पदस्थापन गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयका अनुसार बिष्णु कुमार के.सीको प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएको छ ।
भरतबहादुर बोहराले सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । त्यस्तै रबिन्द्र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, राजेशनाथ बास्तोला कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, चन्द्र कुबेर खापुङ अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, जनक भट्टराई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा पदस्थापन भएका छन् ।
लालमणि आचार्य काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सुरेन्द्रप्रसाद मैनाली प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसान्धान निर्देशनालय, अर्जुन चन्द ठकुरी साइबर ब्यूरो भोटाहिटी यज्ञ बिनोद पोखरेल केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज र बिकाश राज खनाल प्रहरी प्रधान कार्यालय कार्य बिभाग निर्देशनालयमा पदस्थापन भएका छन् ।


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया