एसीसी प्रिमियर कपः बहराइनलाई हराउँदै यूएई सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समुह बि बाट युएई सेमिफाइनलमा पुगेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै युएईले सेमिफाइनल प्रवेश गरको हो।
बहराइनले दिएको ११७ रनको झिनो लक्ष्य पछाएको युएईले २७.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
युएईको जितमा वृत्य अरविन्दले अविजित ६२ र रोहन मुस्ताफाले अविजित ५० रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बहराइन ४०.५ ओभरमा अलआउट हुदै ११६ रन मात्र बनाएको थियो ।
बहराइनका लागि कप्तान हैदर बट र अलि दाउदले सर्बाधिक २३-२३ रन बनाए भने मुहमद योउनिसले १६, इमरान अनवरले १४, वासीक अहमदले १२ र अब्दुल मजिदले ११ रन बनाएका थिए ।
त्यस्तै युएईका बलर अयान अफजल खानले सर्बाधिक ४ विकेट लिए भने रोहन मुस्तफा र कार्थिक मैयप्पनले २(२ विकेट लिएका थिए । त्यस्तै जाहूर खानले एक विकेट लिए ।
यो खेलसँगै समुह बि बाट युएई ४ खेलमा ६ अंकसहित सेमिफाइनलमा पुगेको छ । युएई अहिले समुहमा शिर्ष स्थानमा रहेको भएपनि समुह विजेताको टुंगो भने विहिबार हुने हङकङ र कुवेतबीचको खेलपछि लाग्ने छ ।
त्यस्तै समुह बि बाट सिंगापुर र बहराइन भने समुह चरणबाट नै बाहिरिएका छन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया