एसीसी प्रिमियर कपः साउदीलाई हराउँदै ओमान सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समुह ए मा रहेको ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा ओमानले साउदी अरेबियालाई ७२ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेकाे हाे ।
ओमानले दिएको ३६७ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले ४६.५ ओभरमा अल आउट हुदै २९४ रन बनायो ।
साउदीका लागि अब्दुल वाहीदले सर्बाधिक ९५ रन बनाएका थिए भने साद खानले ७८, कप्तान हिशाम शेखले ३६, अब्दुल वहिदले २५ रन बनाएका थिए ।
त्यस्तै ओमानका बलर बिलाल खानले सर्बाधिक ४ विकेट लिए भने जय ओडेड्राले ३ विकेट लिएका थिएका थिए । त्यस्तै जीशाम मक्सूदले २ तथा आयान खानले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाउदै ३६६ रन बनाएको थियो ।
यो जितसँगै समुह ए बाट ओमानको ४ खेलमा ६ अंक भएको छ र सेमिफाइनलमा पुगेको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया