आईपीएलमा कोलकाताले बैङ्ग्लोरलाई २१ रनले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपिएलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैङ्ग्लोरलाई २१ रनले पराजित गरेको छ ।
गएराति भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । २०१ रनको लक्ष्य पछ्छयाएको बैङ्ग्लोरले ८ विकेट गुमाएर १७९ रनमात्रै बनाउन सक्यो ।
कोलकाताको लागि जेसन रोय र एन जगदीशनले तीव्र सुरुवात गर्दै पावरप्लेमा ६६ रन बनाए । कोलकाताका लागि जगदीशनले २७ र रोयले २९ बलमा चार चौका र पाँच छक्काको मद्दतले ५६ रन बनाए ।
वेंकटेश अय्यर र कप्तान नितिश राणाले इनिङ्सलाई अगाडि बढाउँदै राणा २१ बलमा तीन चौका र चार छक्कासहित४८ रन बनाए । रिंकु सिंहले १८ र डेभिड भिजेले १२ रन बनाए ।
बैङ्ग्लोरका वानिन्दु हसरंगा र भी विजयकुमारले २–२ विकेट लिए ।
लक्ष्य पछ्याएको बैङग्लोरका लागि फाप डु प्लेसिस १७, महिपाल लोमर ३४, विराट कोहली ५४, दिनेश कार्तिक २२ र सुयश प्रभुदेसाई १० रन बनाएर आउट भए ।
कोलकाता नाइट राइडर्सका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए ।
आइपिएलमा कोलकाताको तेस्रो जित हो । बैङग्लोरको चौथो हार हो । अङ्क तालिकामा बैङ्ग्लोर पाचौं तथा कोलकाता सातौं स्थानमा छन् ।
















२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया