एसीसी प्रिमियर लिग : कतार विरुद्ध नेपाललाई पहिलो झट्का

काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई पहिलो झट्का लागेको छ ।
एक ओभर २ बलमा ओपनर कुशल भूर्तेल आउट भएका छन् । उनले ८ बल खेलेर २ रन बनाएका थिए ।
टीयु क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।
समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।
आगामी सेप्टेम्बरमा हुने एसिया कपको छनोटको रुपमा समेत रहेको यस प्रतियोगिताको विजेता एसिया कप खेल्नेछ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले समूह ए को विजेता बन्न कतारलाई पराजित गर्नुपर्नेछ । यसअघि दुई खेलमा जित निकालेको नेपालले साउदी अरेबियासँगको खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।
नेपाल हाल तीन खेलबा६ ५ अंकसहित दोस्रो स्थानमा छ । तीन जीत र एक हारबाट ६ अंक जोडेको ओमान समूह ए को शीर्ष स्थानमा छ ।
यस्तै समूह बी मा ४ खेल खेलिसकेको यूएई तीन जीत र एक हारबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया