श्रीलंकामा सयभन्दा बढी औषधिको अभाव भएको सरकारको दाबी
मेरोन्यूज
२०८० वैशाख १४ गते २०:०८

काठमाडौँ । श्रीलंकाका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने सयभन्दा बढी प्रकारका औषधिको अभाव रहेको बताएका छन् ।
बिहीबार संसद्मा बोल्दै उनले सरकारी अस्पतालमा एक हजार ३४७ प्रकारका औषधि प्रयोग हुँदै आए पनि यसमध्ये ११२ प्रकारका औषधिको अभाव रहेको बताएका हुन् ।
सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्ने गरेको उनले बताए ।
आफ्नो आग्रहमा अर्थ मन्त्रालयले थप ४० अर्ब रुपैयाँ (१२ करोड ४० लाख डलर) थप गरेको जानकारी दिँदै उनले अभाव चाँडै अन्त्य हुने दाबी गरे ।
श्रीलंकाको आर्थिक संकटका कारण सन् २०२२ देखि नै अस्पतालमा चिकित्सकीय अभाव देखिएको छ ।
सम्बन्धित
















ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया