आइतबार, वैशाख २७, २०८३

रुसले युरोपमा भारी मात्रामा तेल आपूर्ति घटाउने

मेरोन्यूज २०८० वैशाख १४ गते २१:३९

काठमाडौँ । रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने भएको छ ।

Advertisement
NiccNicc

यस्तै, बचत गरिएको मात्रा एसियामा पुर्याउने योजना बनाएको छ । रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले बिहीबार सोबारे बताएका हुन् ।

रुसले सन् २०२२ मा एसियामा करिब चार करोड टन कच्चा तेल र तेल उत्पादन र युरोपमा १८ करोड टन निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धित कार्यक्रममा पत्रकारलाई बताए ।

यो वर्ष १४ करोड टन तेल र तेल उत्पादन पूर्वतर्फ जानेछ । करिब ८०/९० मिलियन टन पश्चिमतर्फ पठाइने छ ।

प्रतिक्रिया