विश्व बैंकद्वारा बंगलादेशलाई एक अर्ब २५ करोड डलर सहयोग गर्ने

काठमाडौँ । विश्व बैंकले सन् २०२३ देखि २०२७ सम्मका लागि बंगलादेशका लागि तीन वटा नयाँ परियोजनामा १.२५ अर्ब अमेरिकी डलर बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ ।
बैंकले पोषण, उद्यमशीलता र उत्थानशीलताका लागि कृषि तथा ग्रामीण रूपान्तरण कार्यक्रम (पार्टनर) नामक परियोजनाका लागि ५० करोड रुपैयाँ उपलब्ध गराउने जनाएको हो ।
बैंकले अन्य ५० करोड हरित र जलवायु उत्थानशील विकास ऋणको रूपमा पठाउने जनाएको छ । सहयोगले लघु उद्यम क्षेत्रलाई अधिक गतिशील, कम–प्रदूषणकारी, संसाधन कुशल र जलवायु प्रभावित क्षेत्रका लागि मद्दत गर्न लघु उद्यममा एक परियोजनाको लागि दुई बरोड ५० लाख स्वीकृत गरेको छ ।
“यो कन्ट्री पार्टनरशिप फ्रेमवर्क (सीपीएफ) विश्व बैंक समूह र बङ्गलादेशबीचको पाँच दशक लामो बलियो साझेदारीमा आधारित छ,” बङ्गलादेश र भुटानका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक अब्दुलाय सेकले भने ।
“बङ्गलादेशले अझ बढी समृद्ध बन्ने लक्ष्य लिएकाले उच्च मध्यम आय भएको देशको आवश्यकता पूरा गर्नका लागि बलियो संस्था र नीतिको आवश्यकता पर्नेछ । सीपीएफले रोजगारी प्रदान गर्न र समावेशीकरण र लचिलोपनलाई समर्थन गर्न सरकारको सुधार कार्यक्रमहरूलाई समर्थन गर्नेछ,” सेकले भने ।
“बङ्गलादेश विश्वको उत्कृष्ट विकास वृद्धिको कथामध्ये एक हो । थप विविध र प्रतिस्पर्धी निजी क्षेत्रको विकासलाई गति दिन थप सुधारले निर्यात बढाउने छ र गुणस्तरीय रोजगारी सिर्जना गर्नेछ,” बङ्गलादेश, नेपाल र भुटानका लागि अन्तर्राष्ट्रिय वित्त निगमका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले भने ।
















अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया