सोमबार, वैशाख २१, २०८३

कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

मेरोन्यूज २०८० वैशाख १६ गते ८:५३

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु हुने खेलका लागि कुवेतका कप्तान मोहम्मद आस्लामले टस जितेर फिल्डिङ रोजेका हुन्।

Advertisement
NiccNicc

सेमिफाइनल खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । गुलसन झा लाई बेन्चमा राख्दै तीव्र गतिका बलर करण केसीलाई प्लेइङ ११मा समावेश गरेको छ । आजको खेलमा नेपालले कुवेतलाई हराए फाइनलमा ओमान अथवा यूएईसँग खेल्नेछ ।

आजको खेलमा नेपालले कुवेतलाई हराए फाइनलमा ओमान अथवा यूएईसँग खेल्नेछ ।

पहिलो खेलमा मलेसिया, दोस्रो खेलमा ओमानलाई पराजित गरेको नेपालले तेस्रो खेलमा साउदी अरबसँग खेल रद्द भएपछि अंक बाँडेको थियो। समूह ‘ए’को अन्तिम खेलमा कतारलाई हराएसँगै समूह विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता कुवेतसँग भेट निश्चित गरेको हो।

कुवेतले हङकङ, बहराइन, सिंगापुरलाई पराजित गरेर यूएईसँग हारे पनि समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो।

आजै मुलपानी क्रिकेट मैदानमा हुने अर्को सेमिफाइनलमा ओमान र यूएई भिड्दै छन्। ओमान समूह ‘ए’को उपविजेता तथा यूएई समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।


नेपाली टिमः

कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

प्रतिक्रिया