सोमबार, मंसिर १५, २०८२

कुवेतविरुद्ध नेपालले गुमायो तीन विकेट

मेरोन्यूज २०८० वैशाख १६ गते १०:०२

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार कुवेतविरुद्ध नेपालले तीन विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । त्यस लगत्तै भिम सार्की र आसिफ शेख पनि आउट भएका छन् । १२.१ ओभरमा नेपालले तीन विकेट गुमाएकाे हाे ।

नेपालका लागि ओपनिङमा आएका कुशल ३९ बलमा सात चौका र एक छक्कासहित ४३ रन बनाए । अहिले नेपालले १४ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ९१ रन जोडेको छ ।

प्रतिक्रिया