एसीसी प्रिमियर कपः नेपालसँग यूएईको भेट, सोमबार फाइनल खेल हुने

काठमाडौँ । नेपालमा भइरहेको एसीसी प्रिमियर कपअन्तर्गत आजको खेलमा नेपाल र युएई विजयी भएको छ । योसँगै दुई देश फाइनलमा भिड्ने भएको छ ।
नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको हो ।
युएईले डीएलएस प्रणालीमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
त्रिवि मैदानमा वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै जोड्न सक्यो ।
कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएकाले नेपाल फाइनलमा प्रवेश गरेको हो । खेलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । सोही आधारमा फाइनल प्रवेश गरेको हो ।
यता युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउन सफल भयो ।
अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार भोलि खेल्ने छन् ।









उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
चुनाव निर्धारित मितिमै हुन्छ, कुनै समस्या छैन : मन्त्री घिसिङ
राष्ट्रियसभा चुनावबारे अध्यक्ष दाहाल र प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच छलफल
साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
प्रतिक्रिया