प्रधानमन्त्रीले दिए क्रिकेट टोलीलाई बधाई
मेरोन्यूज
२०८० वैशाख १६ गते २१:१५

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्रीले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्रीले भने, “एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई । क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
(((
सम्बन्धित








कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय
खैरो हिरोइन र नगदसहित काठमाडौँबाट एकजना पक्राउ
गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण
उपाधि जित्न नेपाललाई १४८ रनको लक्ष्य
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया