आईपीएलमा दिल्ली हैदराबादसँग पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादासँग पराजित भएको छ । मिचेशल मार्शले अलराउण्ड प्रदर्शन गरे पनि शनिबार राति भएको खेलमा हैदराबादले दिल्लीलाई उसैकै मैदानमा ९ रनले पराजित ग¥यो ।
पहिला ब्याटिङ गरेको हैदराबादले पुरै ओभर खेलेर १९७ रन बनायो । १९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन मात्रै बनाउन सक्यो ।
दिल्लीका लागि फिलिप साल्ट र मिचेल मार्शले अर्धशतक प्रहार गरे । मार्शले ३९ बलमा १ चौका तथा ६ छक्कासहित ६३, साल्टले ३५ बलमा ९ चौकासहित ५९, अक्षर पटेलले २९ रन बनाए ।
हैदराबादका मयक मार्कन्डेले २ तथा भुवनेश्वर कुमार, टि नटराजन, अमिल हुसेन र अकिल हुसेनले १, १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेट गुमाएर १९७ रन बनाएको थियो ।
हैदराबादका लागि ओपनर अभिषेक शर्माले ३६ बलमा १२ चौका र १ छक्का प्रहारसहित ६७, हेनरिक क्लासेननले २७ बलमा २ चौका र ४ छक्कासहित ५३ रन, अब्दुल समादले २८ र अकिल होसेन १६ रन बनाए ।
दिल्लीका लागि मिचेल मार्शले ४ ओभरमा २७ रन खर्चिएर ४ विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले १, १ विकेट लिए ।
आठ खेल खेल्दा तेस्रो जित हात पारेको हैदराबाद ६ अंक जोडेर अंकतालिकामा आठौं स्थानमा उक्लिएको छ ।
छैटौं हार बेहोरेको दिल्ली ४ अंकसहित पुछारमै छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया