आईपीएलमा दिल्ली हैदराबादसँग पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादासँग पराजित भएको छ । मिचेशल मार्शले अलराउण्ड प्रदर्शन गरे पनि शनिबार राति भएको खेलमा हैदराबादले दिल्लीलाई उसैकै मैदानमा ९ रनले पराजित ग¥यो ।
पहिला ब्याटिङ गरेको हैदराबादले पुरै ओभर खेलेर १९७ रन बनायो । १९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन मात्रै बनाउन सक्यो ।
दिल्लीका लागि फिलिप साल्ट र मिचेल मार्शले अर्धशतक प्रहार गरे । मार्शले ३९ बलमा १ चौका तथा ६ छक्कासहित ६३, साल्टले ३५ बलमा ९ चौकासहित ५९, अक्षर पटेलले २९ रन बनाए ।
हैदराबादका मयक मार्कन्डेले २ तथा भुवनेश्वर कुमार, टि नटराजन, अमिल हुसेन र अकिल हुसेनले १, १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेट गुमाएर १९७ रन बनाएको थियो ।
हैदराबादका लागि ओपनर अभिषेक शर्माले ३६ बलमा १२ चौका र १ छक्का प्रहारसहित ६७, हेनरिक क्लासेननले २७ बलमा २ चौका र ४ छक्कासहित ५३ रन, अब्दुल समादले २८ र अकिल होसेन १६ रन बनाए ।
दिल्लीका लागि मिचेल मार्शले ४ ओभरमा २७ रन खर्चिएर ४ विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले १, १ विकेट लिए ।
आठ खेल खेल्दा तेस्रो जित हात पारेको हैदराबाद ६ अंक जोडेर अंकतालिकामा आठौं स्थानमा उक्लिएको छ ।
छैटौं हार बेहोरेको दिल्ली ४ अंकसहित पुछारमै छ ।








साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
Serious review of slow economic growth imperative: Finance Minister Khanal
Banke records 39 HIV cases in four months
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया