आइतबार, वैशाख २०, २०८३

सिन्धुलीमा कार दुर्घटनामा दुईको मृत्यु, एक घाइते

मेरोन्यूज २०८० वैशाख १७ गते १०:१२

काठमाडौँ । काठमाडौँबाट बीपी राजमार्ग हुँदै झापातर्फ जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन्।

Advertisement
NiccNicc

आज बिहान काठमाडौँबाट जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार ६ बजेतिर सिन्धुलीको पिपलभञ्ज्याङमा दुर्घटना हुँदा काठमाडौँको गौरीघाट बस्ने सिन्धुलीकै कपिलाकोट–३ की ४२ वर्षीया सहारा प्रसाईं र झापा सुरुङ्गा–४ का ४२ वर्षीय कुमार पुरीको घटनास्थलमै मृत्यु भएको सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका प्युठान घर भएका ३२ वर्षीय योगेन्द्र थापालाई उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको उनले जानकारी दिए।

प्रतिक्रिया