सिन्धुलीमा कार दुर्घटनामा दुईको मृत्यु, एक घाइते
मेरोन्यूज
२०८० वैशाख १७ गते १०:१२

काठमाडौँ । काठमाडौँबाट बीपी राजमार्ग हुँदै झापातर्फ जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन्।
आज बिहान काठमाडौँबाट जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार ६ बजेतिर सिन्धुलीको पिपलभञ्ज्याङमा दुर्घटना हुँदा काठमाडौँको गौरीघाट बस्ने सिन्धुलीकै कपिलाकोट–३ की ४२ वर्षीया सहारा प्रसाईं र झापा सुरुङ्गा–४ का ४२ वर्षीय कुमार पुरीको घटनास्थलमै मृत्यु भएको सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका प्युठान घर भएका ३२ वर्षीय योगेन्द्र थापालाई उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको उनले जानकारी दिए।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया