ए डिभिजन फुटबल : जाउलाखेल र सङ्कटाको खेल बराबरीमा
मेरोन्यूज
२०८० वैशाख १७ गते १८:०६

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो ।
खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी खेलाडी फोडे फोफानाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । जाउलाखेलको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७३औँ मिनेटमा सङ्कटाका खेलाडी निशान खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
यस बराबरी खेलसँगै जावलाखेलले १३ खेलमा २४ अङ्क जोडेको छ । जावलाखेल अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १३ खेल नै खेलको सङ्कटा १६ अङ्क जोडेर अङ्क तालिकाको ११ औँ स्थानमा रहेको छ ।
सम्बन्धित









कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय
खैरो हिरोइन र नगदसहित काठमाडौँबाट एकजना पक्राउ
गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण
उपाधि जित्न नेपाललाई १४८ रनको लक्ष्य
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया