चेन्नाई सुपर किंग्समाथि पञ्जावको रोचक जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाव किंग्सले चेन्नाई सुपर किंग्सलाई ४ विकेटको जित निकालेको छ । पञ्जावले रोमाञ्चक जित हात पारेको हो ।
सिकन्दर राजले अन्तिम बलमा ३ रन जोडेसँगै पञ्जावले २०१ रनको लक्ष्य ६ विकेट गुमाएर भेट्टाएको हो ।
चेन्नाईको घरेलु मैदान एम ए चिदम्बरम स्टेडियममा भएको खेलमा पञ्जावलाई जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक थियो ।
चेन्नाईका मथिशा पथिरानले बलिङ गरेको अन्तिम ओभरको पहिलो बलमा सिकन्दर राजाले १ रन लिए । दोस्रो बलमा साहरुख खानले १ रन बनाए ।
तेस्रो बलमा सिकन्दर राजाले रन जोड्न सकेनन् । यस्तोमा ३ बलमा ७ रन चाहियो ।
त्यसपछि राजाले चौथो र पाँचौ बलमा २–२ रन लिए । अन्तिम बलमा ३ रन चाहिएको थियो । राजा र साहरुख खान मिलेर ३ रन जोडेसँगै पञ्जाव विजयी भएको हो ।
ओपनर प्रभसिमरन सिंहले २४ बलमा सर्वाधिक ४२ रन बनाए । लियम लिभिङस्टोनले पनि २४ बलमा ४० रन बनाए । साम करनले २९, कप्तान शिखर धवनले २८ र जितेश शर्माले २१ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०० रन बनायो । चेन्नाईका ओपनर डेभोन कनले अविजित ९२ रन बनाए ।
अर्का ओपनर रुतुराज गायकवाडले ३७ र शिभव दुवेले २८ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले ४ बलमा १३ रन बनाए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया