राजस्थान मुम्बईसँग ६ विकेटले पराजित

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।
गएराति वाङखडे मैदानमा भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । दिल्लीका लागि टिम डेविड ४५, तिलक बर्मा २९, सूर्यकुमार यादव ५५, क्यामरन ग्रीन ४४, रन बनाए ।
राजस्थानका रविचन्द्रन आश्विनले दुई तथा ट्रेन्ट बोल्ट र सन्दीप शर्माले एक, एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।
राजस्थानका यशस्वी जैसवालले १ सय २४ रनको शतकीय पारी खेले । आईपीएल क्रिकेटमा उनको यो पहिलो शतक हो ।
मुम्बईका अर्शद खानले तीन, पीयूष चवालाले दुई, जोफ्रा आर्चर, राइली मेरीडिथले एकरएक विकेट लिए ।
जितसँगै मुम्बई ८ खेलमा ४ जितसहित अङ्कतालिकाको सातौँ स्थानमा उक्लिएको छ । राजस्थान ९ खेलमा ५ जितसहित तेस्रो स्थानमा छ ।
हिजो भएको अर्को खेलमा पञ्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ४ विकेटले हराएको थियो ।








साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
Serious review of slow economic growth imperative: Finance Minister Khanal
Banke records 39 HIV cases in four months
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
प्रतिक्रिया