राजस्थान मुम्बईसँग ६ विकेटले पराजित

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।
गएराति वाङखडे मैदानमा भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । दिल्लीका लागि टिम डेविड ४५, तिलक बर्मा २९, सूर्यकुमार यादव ५५, क्यामरन ग्रीन ४४, रन बनाए ।
राजस्थानका रविचन्द्रन आश्विनले दुई तथा ट्रेन्ट बोल्ट र सन्दीप शर्माले एक, एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।
राजस्थानका यशस्वी जैसवालले १ सय २४ रनको शतकीय पारी खेले । आईपीएल क्रिकेटमा उनको यो पहिलो शतक हो ।
मुम्बईका अर्शद खानले तीन, पीयूष चवालाले दुई, जोफ्रा आर्चर, राइली मेरीडिथले एकरएक विकेट लिए ।
जितसँगै मुम्बई ८ खेलमा ४ जितसहित अङ्कतालिकाको सातौँ स्थानमा उक्लिएको छ । राजस्थान ९ खेलमा ५ जितसहित तेस्रो स्थानमा छ ।
हिजो भएको अर्को खेलमा पञ्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ४ विकेटले हराएको थियो ।
















वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया