सोमबार, वैशाख २१, २०८३

एसीसी प्रिमियर कप : नेपाललाई पाँचौ सफलता

मेरोन्यूज २०८० वैशाख १८ गते ९:४२

काठमाडौँ । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधिका लागि भइरहेको प्रतिष्पर्धामा नेपालले पाँचौं सफलता हात पारेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ।

Advertisement
NiccNicc

नेपालले पाँचौं विकेट लिएको छ । १३ ओभर एक बलमा सन्दीप लामिछानेले युएईका रोहन मुस्ताफाको विकेट लिए ।

यसअघि ९ ओभर एक बलमा ललित राजवंशीले चौँथो विकेट लिए । ८ ओभर एक बलमा कसन केसीले तेस्रो विकेट लिएका थिए ।

अहिले युएई ३५ रन बनाएर खेलिरहेको छ ।

नेपालले युएईको दोस्रो विकेट लिएको छ। करण केसीले युएईका वृत्य अरिवन्दलाई विकेटकिपर आसिफ शेखबाट ८ रनमा क्याच गराएका छन् । युएईले ४.५ ओभरमा २ विकेट गुमाउँदा २८ रन जोडेको छ।

त्यसअघि ३.१ ओभरमा युएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराएका थिए। उनले ८ बलमा ११ रन जोडे। युएईले पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो।

खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान बनाएका छन्।

एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपाल एसिया कप २०२३ मा खेल्ने सपनाको नजिक पुगेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई पराजित गर्न सके नेपालको एसिया कप खेल्ने सपना पूरा हुनेछ।

एसिया कपमा स्थान बनाएपछि नेपालले विश्व क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

प्रतिक्रिया