भूकम्पपछि तातोपानी नाकाबाट खुल्यो निर्यात

सिन्धुपाल्चोक । २०७२ सालको भूकम्पपछि रोकिएको चीनसँगको उत्तरी तातोपानी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । आठ वर्षदेखि आयात मात्रै हुँदै आएको तातोपानी नाकाबाट निर्यात पनि खुलेको हो ।
भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी नाकाबाट निर्यात खुल्दा नेपाल सरकारको चासो नै देखिएन । लामो समयपछि सामान निर्यात सुचारु हुँदा सीमा पारी तामझाम देखिए पनि नेपालको व्यवस्थापन फितलोका कारण खासै रौनक देखिएन । चिनियाँ राजदूतसहित कडा सुरक्षामा चिनियाँहरु तैनाथ हुदाँ नेपालतर्फ व्यवसायी, राजनीतिक दल वा सरकारी उपस्थिति देखिएन।
नेपालबाट भित्रिएको सामान स्वागत गर्न कडा सुरक्षाकाबीच चिनियाँ नागरिक तैनाथ थिए भने नेपाली प्रतिनिधिको रुपमा भन्सार प्रमुख मात्र मितेरी पुल पुगेका थिए ।
चिनियाँ पक्षले भने मितेरी पुलबाट नेपालबाट भित्रिएका ४० फुटे तीनवटा कन्टेरका सामानलाई पार्टी पेपर पट्काएर खुशीले स्वागत गरे ।
भूकम्पपछि निर्यात ठप्प रहेको नाकाबाट तीनवटा टेलर (नेपाली ६ वटा गाडी) मार्फत बाँसको मुडा, कुर्सी र म्याट्रेस गरी करिब ३७ लाख बराबरको सामग्री निर्यात गरिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
भुकम्पका कारण २०७२ वैशाखदेखि नाकाबाट निर्यात हुन सकेको थिएन । अब भने सामग्री नियमित निर्यात हुने सम्भावना रहेको भन्सार कार्यालयले जनाएको छ। भूकम्पअघि उत्तरको सबैभन्दा ठूलो नाका थियो।














स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया