सोमबार, मंसिर १५, २०८२

आज नेपाल र यूएईको खेल हुन नसके के हुन्छ ?

मेरोन्यूज २०८० वैशाख १८ गते १४:२७

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएईबीचको खेल रोकिएको छ।

युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल रोकिएको हो । वर्षा भएसँगै आज खेल हुने सम्भावना कम भएको छ ।

आज खेल हुन नसकेको भोलि रिजर्भ डेसम्म स्थगित हुनेछ । भोलिका लागि खेल स्थगित भए आजकै स्थितिबाट खेल सुरू हुनेछ ।

आज ओभर घटाएर पनि खेल हुन सकेन भने भोलि आजकै स्थितिबाट युएईको (१०६–९, २७.३ ओभर) ब्याटिङ सुरू हुनेछ ।

भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइने छ । ओभर घटाएर पनि खेल हुने सम्भव नभए सुपर ओभरमा खेल खेलाइने छ ।

सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्ने छ । यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ । यसोसँगै नेपाल एसिया कपमा छनोट हुनेछ ।

प्रतिक्रिया