क्रिकेटमा नेपाली क्रेज : अधैर्य खेलाडी, धैर्य दर्शक

काठमाडौँ । नेपाली क्रिकेट एक कीर्तिमानको नजिक पुगेको छ । खेलाडीहरूले ऐतिहासिक जित निकाल्दै गर्दा राष्ट्रिय टोली कीर्तिमान नजिक पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारको खेल सम्पन्न हुन पाएको भए सायद, नेपाली टोलीले आफैमा कीर्तिमान बनाउने थियो । तर, वर्षा भएपछि यूएईसँगको प्रतियोगिताको बाँकी खेल भोलि हुने भएको छ ।
भोलिको खेलमा जित भएसँगै नेपाली टोलीले विश्व विजेता छिमेकी देशहरूसँग प्रतिस्पर्धा गर्ने निश्चित हुनेछ । नेपाली क्रिकेट टोलीका लागि यो एक कीर्तिमान हो ।
आजको खेलमा नेपाली खेलाडीहरू ऐतिहासिक जित निकाल्न अधैर्य अर्थात आतुर देखिए । टस जितेर यूएईलाई पहिलो ब्याटिङको निम्तो दिएको नेपालले ९ विकेट लिइसकेको छ ।

जम्मा २७.३ ओभरमै ९ विकेट लिएर यूएईमाथि हाबी भएको नेपाली खेलाडीले जम्मा १०६ रन दिए । नेपाल हाबी भएसँगै यूएईका खेलाडीहरू हतास थिए । एकपछि अर्को आउट भए ।
राष्ट्रिय टोलीलाई साथ दिँदै ऐतिहासिक दिनको साक्षी बन्न हजारौँ दर्शक बिहानै खेल मैदान पुगे । उनीहरूले हरेक बलमा खेलाडीलाई साथ दिए । यूएईका खेलाडी आउट हुँदा ‘हुटिङ’ लगाए ।
दर्शकका सामू हौसिएका खेलाडीको आत्मबलले सगरमाथाको शिखर छुँदै गर्दा वर्षा हुन थाल्यो । खेल सुरु भएको डेढ घण्टापछि वर्षाले करिब २० मिनेट खेल रोकियो । वर्षा रोकिएसँगै खेल पुनः सुरु भयो ।
खेल करिब अन्त्यतिर पुग्दै गर्दा पुनः वर्षा हुन थाल्यो । यस बेलासम्म यूएईले ९ विकेटको क्षतिमा जम्मा १०६ रन बनायो । वर्षा रोकिएर पुनः खेल सुरु हुने आशामा दर्शकहरूले धैर्य गुमाएनन् । करिब चार घण्टासम्म झरीमा मैदानमै बसिरहे ।

कुवेतसँगको खेलमा वर्षासँगै भिजेका दर्शकहरू आज पूरै तयारीमा आएका थिए । उनीहरू छाता ओडेर मैदानमै बसिरहे । खेल हुने आशामा धैर्य गरिरहे । खेल भोलि हुने निश्चित भएपछि साँझ मात्रै घर फर्किए ।
संघर्षबाट निष्किएको सफलता
पछिल्लो एक महिनाको बीचमा नेपाली टोलीले खेलेको चमत्कारी खेलबाट क्रिकेटप्रेमी हौसिएका छन् । गत फागुनसम्म एक दिवसीय मान्यता जोगाउन संघर्ष गरिरहेको नेपाल विश्व विजेता भारत, पाकिस्तानसहित देशहरूसँग खेल्ने अन्तिम बिन्दुमा छ ।
यसअघि आईसीसी विश्वकप लिग २ को ६ शृंखलामा नेपालको अवस्था नाजुक थियो । कूल ६ शृंखलाबाट नेपालले जम्मा १८ अंक बनाएर छैटौं स्थानमा थियो ।
यस अवस्थमा एक दिवसीय मान्यता जोगाउन मात्रै नेपालले बाँकी तीन शृंखलाका १२ खेलमध्ये ७ खेल जित्नु पर्ने दबाबमा पुग्यो ।

तर, नेपालले १२ मध्ये ११ खेल आफ्नो पक्षमा पार्न सफल भयो । यी खेलहरू नै नेपालका लागि विश्व विजेता देशहरूसँग खेल्ने आधार बन्न पुग्यो । खेलाडीहरूमा विश्वास भरियो ।
उम्दा प्रदर्शन गरेको नेपालले ११ खेल जितेर एक दिवसीय मान्यता मात्र जोगाएन । लिगको तेस्रो स्थानमा रहेर सोझै विश्वकप छनोटमा पुग्यो ।
यता एसिया कप छनोट खेलमा पनि नेपाल अपराजित यात्रामा छ । नेपालले खेलको चार खेलमध्ये तीनमा विजयी भएको भयो भने वर्षाका कारण एक खेलमा अंक बाडेको थियो ।
भोलि हुने यूएईसँगको बाँकी खेल जिते नेपालको जित यात्रामा थप एक इँट्टा थपिने छ । एउटा इतिहास बन्ने छ ।

















30 days left for HoR polls: EC removes 76 candidates from PR list
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया