आईपीएलमा लखनऊले १२७ रनको लक्ष्य भेटाउन सकेन

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनऊ सुपर जायन्ट्सले १२७ रनको झिनो लक्ष्य पनि भेटाउन सकेन । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध जम्मा १२७ रनको लक्ष्य पछ्याएको लखनऊ १०८ रनमा अलआउट भएर लज्जास्पद हार व्यहोरेको छ ।
बैंगलोरका कप्तान फाफ डु प्लेसिसले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो ।
लक्ष्य पछ्याउने क्रममा लखनऊको टोली १०८ रनमा अलआउट भएपछि खेल १८ रनले पराजित भयो ।
टस जितेर ब्याटिङ रोजेको बैंग्लोरका लागि विराट कोहली ३१, कप्तान फाफ डु प्लेसिस ४४, अनुज रावत ९, ग्लेन म्याक्सवेल ४, सुयश प्रभुदेसाई ६, र दिनेश कार्तिक १६ रन बनाए ।
लखनऊका नवीन उल हकले ३ विकेट लिए ।
१२७ रनको लक्ष्य पछ्याएको लखनऊका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर काइल मेयर्स शून्य रनमा आउट भए । क्रुणाल पाण्ड्याले ११, के गौतमले २३, रन बनाए ।
बैंगलोरबाट जोस हेजलउड र कर्ण शर्माले २–२ विकेट लिए ।
बैंगलोरको यो पाँचौं जित हो भने लखनऊको चौथो हार हो।
















२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया