सोमबार, मंसिर १५, २०८२

क्रिकेट टिमलाई सभामुख घिमिरेको बधाई

मेरोन्यूज २०८० वैशाख १९ गते १२:३३

काठमाडौं । सभामुख देवराज घिमिरेले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन् ।

सभामुख घिमिरेले बधाई दिँदै खेलाडीलाई थप सम्मान र सहयोग आवश्यक रहेको तर्फ राज्यको ध्यानाकर्षण गराएका छन् ।

‘अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उचो बनाएको छ भने नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको छु ।’ उनले लेखेका छन् ‘खेलाडीलाई राज्यको तर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराउँदछु ।’

प्रतिक्रिया