नवनियुक्त खेलकुद मन्त्रीले भने : भौतिक विकास गर्ने कुरामा अहिलेसम्म अभाव छ

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका छन् ।
बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए । उनले आम नागरिकहरुले देख्ने गरी काम गर्ने बताए ।
उनले हरेक कुरालाई सकारात्मक ढंगबाट लिन पनि आग्रह गरे । उनले मन्त्रालयमा रहेर आफू दिनको १८ घण्टा काम गर्ने प्रतिवद्धता जनाउँदै भने, ‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरुले, पदाधिकारीले जे अभाव महशुस गर्नु भएको छ, नेपालीले गर्न सक्छन् भन्ने कुरा खेलाडी साथीले देखाइरहनु भएको छ ।’
खेलकुद मन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
















बिपी राजमार्ग सोमबार साँझदेखि आवागमन बन्द
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया