समाजमा अपराधको मोडल फेरियो : आईजीपी कुँवर

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताएका छन् । उनले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताए ।
इलाका प्रहरी कार्यलय बुटवलको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उनले प्रविधिले सृजना गरेको आपराधिक चुनौतीको नियन्त्रण सामना गर्न नेपाल प्रहरी पनि सोहीअनुसार अग्रसर भएर काम गरिरहेको बताएका हुन् ।
आईजीपी कुँवरले प्रहरी सीमान्तकृत र निम्न वर्गीय नागरिकको साथी बनेर काम गर्ने गरी अगाडि बढिरहेको बताएका थिए । ‘नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ । त्यसका लागि प्रहरी सङ्गठन प्रतिबद्ध छ,’ उनले भने, ‘जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गर्दै सर्वसाधारण नागरिकको जनजीवनलाई सरल, सहज र सुरक्षित गराउने दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ ।’
उनले देशैभरका प्रहरी कार्यालयमा नागरिक सहायता कक्षलाई व्यवस्थित बनाउने उल्लेख गर्दै स्थानीय सरकारको समन्वयमा लागु औषध नियन्त्रणको विशेष कार्यक्रम चलाइने बताए । उनले प्रहरीको कार्यदक्षता वृद्धिका लागि भौतिक पूर्वाधारको सम्पन्नतामा पनि ध्यान दिइएको बताएका थिए ।
















Kathmandu : The price of gold has declined by Rs 13,400 per tola (11.66 grams) in the domestic market today.
बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा
31 days left for HoR Polls: Printing of 3 million ballot papers for FPTP system completed
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया