खुमलटारसँग शीर्ष स्थानको जावलाखेल पराजित

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लव खुमलटार युथ क्लवसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लवबिरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ ।
ललितपुरस्थित दशरथ रंगशालामा भएको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लव खुमलटार युथ क्लवसँग ४–२ गोल अन्तरले पराजित भएको हो । यस्तै पुलिस दरशथ रंगशालामा हिमालयन शेर्पासँग २–१ ले स्तब्ध भएको हो ।
अघिल्लो खेलमा पनि नेपाल पुलिससँग २–१ गोल अन्तरले पराजित भएको जावलाखेल युथ क्लव शुक्रवार खुमलटारसँग स्तब्ध भएको हो । यससँगै शीर्ष स्थानको जावलाखेलले लगातार दोस्रो खेलमा विपक्षी टोलीलाई नतिजा सुम्पिएको छ । निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक बनेको खेलमा खुमलटारलाई जित दिलाउनका लागि स्टेफेन समिरले ह्याट्रिक पूरा गर्दा मेसुके ओलुमोउको नाममा एक गोल रह्यो । यस्तै जावलाखेलका विनोद केसीले एक गोल फर्काउँदा जावलाखेलका रोहित सुब्बाले उपहरा गोल दिए ।
अघिल्लो खेलको हारले स्तब्ध भएको जावलाखेलले आक्रामक खेल देखाएको थियो । तर सम्हालिएको प्रदर्शन गरेको खुमलटारले सुरुआती अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई शुरुवाती अग्रता दिलाएका थिए ।
४२ औं मिनेटमा खुमलटारका रोहितले आत्मघाती गोल गर्दा खेल १–१ को स्थितिमा पुगेको थियो । पहिलो हाफको इन्जुरी समयमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गरेपछि खुमलटारले पहिलो हाफमा २–१ को अग्रता निकाल्न सफल भएको थियो । दोस्रो हाफमा थप आक्रामक देखिएको खुमलटारका लागि ५१ औं मिनेटमा स्टेफेनले ह्याट्रिक पूरा गरेका थिए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोलका लागि प्रयास भएपनि दुवैै टोलीले राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन् । शीर्ष स्थानमा अग्रता फराकिलो पार्न निकै संघर्ष गरेको जावलाखेलका लागि इन्जुरी समयको तेस्रो मिनेटमा विनोदले गोल गर्दै जावालाखेललाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४–२ को जित निश्चित गरेका थिए ।
रोमाञ्चक जितपछि खुमलटारले जारी लिगमा पाँचौ जित निकाल्न सफल भएको छ । खुमलटारले १५ खेलमा १७ अंक जोडेको छ । यस्तै जावलाखेलले जारी लिगमा पाँचौ हार भोग्न बाध्य भएको छ । पराजित भएपनि जावलाखेल १५ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।
लिग अन्तर्गत शुक्रवारै दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस हिमालयन शेर्पासँग २–१ गोल अन्तरले स्तब्ध भयो । रेलिगेशन क्ष्ोत्रबाट बच्न संघर्षरत गरिरहेको पुलिसलाई यस हारले थप संकट परेको छ । उता जित निकालेको हिमालयन शेर्पा भने सातौं स्थानमा उक्लिएर रेलिगेशन खतराबाट टाढिएको छ भने हिमालय शेर्पा पछिल्ला पाँच खेलमा अपराजित रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिष्पर्धामा दुवै टोलीले पहिलो हाफ १–१ गोलको बराबरी खेलेका थिए । रेलिगेशन क्षेत्रको पुलिसमाथि जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको हिमालयन शेर्पाका लागि अबायोमी फाकुन्लेले १४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
३०औं मिनेटमा सौजन राई गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए । खेलमा फर्किएसँगै आक्रामम देखिएको पुलिसले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुने सकेन । त्यसपछि दोस्रो हाफको खेलमा हिमालयन शेर्पाले शुरुवात गरेको लयलाई निरन्तरता दियो । ५१औं मिनेटमो अमृत श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई स्पष्ट तीन अंक दिलाउन सफल भए ।
लगातार पाँच खेलमा अपराजित रहेको हिमालयन शेर्पाले १५ खेलबाट २० अंक बनाएको छ । हिमालयन शेर्पा तालिकाको सातौं स्थानमा उक्लिएको छ भने पराजित पुलिसको रेलिगेशन खतार अझै टरेको छैन् । पुलिसले १५ खेलबाट १५ अंक बनाएको छ ।
लिगमा शनिवार तीन खेल हुनेछन् ।
पहिलो खेल चर्च ब्वाईज र न्युरोड टिम (एनआरटी) बीच च्यासल मैदानमा प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेल सातदोबाटो र मनाङ मस्र्याङ्दीबीच दशरथ रंगशालामा खेल हुनेछ । यस्तै अन्तिम खेल दशरथ रंगशालामा थ्री स्टारले फ्रेण्ड्स क्लवलाई आतिथ्यता गर्नेछ ।
















मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
Former Prime Minister, CPN (UML) chair Oli arrested
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया