सोमबार, माघ १९, २०८२

स्रोत नखुलेको नगदसहित दुई भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०८० वैशाख २३ गते १६:४२

रौतहट । जिल्लाको गौर नगरपालिका २ ब्यारियलबाट स्रोत नखुलेको तीन लाख १२ हजार नेपाली रूपैयाँ र २२ हजार भारतीय रूपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार सितामणी ७ बस्ने २६ वर्षीय सुजित कुमार महतोसमेत दुई जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी बलसमेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा बिआर ३० एडि ३६८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया